रक्षामन्त्री पोखरेल फास्ट ट्र्याक निरीक्षणमा
काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौं-निजगढ फास्ट ट्र्याक निरीक्षणमा गएका छन् ।
उनी नेपाली सेनाको हेलिकोप्टर चढेर कामको प्रगति बुझ्न काठमाडौंबाट प्रस्थान गरेका हुन् । ७६ किलोमिटर लामो काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।
लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । यो द्रुतमार्ग निर्माण भएमा काठमाडौंबाट तराई मधेस एक घण्टामै पुगिनेछ ।