News

कांग्रेस नेता खड्काको स्वास्थ्य जटिल बन्दै, स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला पूजाआजा

कांग्रेस नेता खड्काको स्वास्थ्य जटिल बन्दै, स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला पूजाआजा

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।

 

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको स्वास्थ्य बिग्रँदै गएपछि बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।

 

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।

 

खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेर उनको गृहजिल्ला दाङमा पूजाआजा गरिएको हो । दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।

 

दाङ जिल्लाको विकासमा खड्काले पुर्याएको योगदानलाई स्मरण गर्दै स्वास्थ्य लाभको कामनासहित पूजा गरिएको कांग्रेस कार्यकर्ताले बताउका छन् ।

विशेष