जसका लागि सलमानको बहिनीलाई सम्बन्धविच्छेद गरे, अहिले उसैसँग ब्रेकअप
मुम्बई । अभिनेता पुलकित सम्राटले जुन नायिकाका लागि सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरासँग सम्बन्ध विच्छेद गरेका थिए, अहिले उनै नायिकाबाट पनि पुलकित अलग भएका छन् ।
हामी कुरा गर्दैछौँ, यामी गौतमको । मिडिया रिपोर्टका अनुसार पुलकितले यामीका लागि नै श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए । तर, अहिले लामो समयदेखि डेट गरिरहेका यामी र पुलकितबीच ब्रेकअपको खबर आएको छ ।
पुलकितले हालै दिएको एक अन्तर्वार्तामा उनी ‘सिङ्गल’ भएको बताएका थिए । यतिमात्र होइन, दुवैले एक अर्कालाई सामाजिक सञ्जालमा अनफलो गरिसकेका छन् ।
पुलकित र यामी किन अलग भए भन्ने कारण अहिले बाहिर आएको छैन । केही रिपोर्टका अनुसार यामीको परिवारले पुलकित मन पराउँदैन थिए । विवाहित पुरुषलाई डेट गरिरहेकोप्रति उनीहरुको आपत्ति थियो ।
उनीहरुले नै यामीले पुलकितसँग टाढा रहन सल्लाह दिएका थिए ।