News

ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका १९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिंदा सोही ठाउँबस्ने स्थानिय ६३ वर्षीय विरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

विहिबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो।

 

ठक्कर दिने ट्रकका चालक नियन्त्रणमा रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

विशेष