News

माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

ललितपुर । बालकुमारीस्थित झोलुंगे पुलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामाभक्तपुर चारदोबाटो बस्ने सिराहा लहानका १८ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको हो।

 

उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ ७ बजे चौधरीले चलाएको स ५ प ३६२० नम्बरको मोटरसाइकलले बा ४३ प ८३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

 

यस्तै ८३१४ नम्बरको मोटरसाइकल बा ८० प ४९९३ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो। दुर्घटनामा परेका तीनै वटा सवारी साधन नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

विशेष