News समाज

लिच्छविकालिन मूर्ति संरक्षण अभावमा जीर्ण बन्दै

लिच्छविकालिन मूर्ति संरक्षण अभावमा जीर्ण बन्दै

उदयपुर । उदयपुरको पूर्वी भेगस्थित बेलका नगरपालिका वार्ड नं ७, मैनामैनीको मूलगाउँमा रहेको लिच्छविकालिन शिव–पार्वतीको मूर्ति संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

 

१९९० सालको भूकम्प अगाडिसम्म मन्दिर रहेको उक्त स्थल अहिले भग्नावशेषमा परिणत भएको छ । ७७ वर्षसम्म आकाशमुनि रहेका मूर्ति अहिले भने इटाको घेराबार र जस्ताको छानामुनी राखिएका छन् ।

 

भूकम्पबाट चोइटिएको शिवलिङ र पार्वतीको मूर्ति एकहजार वर्षभन्दा अगाडिको हुन सक्ने पुरातत्वविदहरु बताउँछन् ।

 

धरान चतरा–रामपुर सडक खण्डको सप्तकोसी पुलबाट १४ किलोमिटर उत्तरमा रहेको यो धार्मिक तथा पर्यटकीय क्षेत्रबाट शहरतिर बसाइ सराइ हुनु, चर्चित धार्मिक स्थल चतराधाम र बराह क्षेत्रका कारणले यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन् ।

विशेष