News राजनीति

भ्रष्टाचार र अनियमिता गर्ने छुट कसैलाई छैनः मन्त्री पोखरेल

भ्रष्टाचार र अनियमिता गर्ने छुट कसैलाई छैनः मन्त्री पोखरेल

काठमाडौं । रक्षा मन्त्री इश्वर पोखरेलले भ्रष्टाचार र अनियमिता गर्ने छुट अब कसैलाई नहुने बताएका छन् । काठमाडौंको लाजिम्पाट सडकमा बृक्षारोपण अभियानको प्रारम्भ गर्दै उनले भ्रष्टाचारले मुलुक खोक्रो भएकाले कसैलाई पनि छुट नहुने प्रष्ट पारेका हुन् ।

 

कसैले भ्रष्टाचार र काममा ढिलाई गरे सूचना दिन सबैलाई आग्रह गरे । बाम गठबन्धन जनताको सरकार भएको भन्दै पोखरेलले जनताको कामलाई प्राथमिकतामा राखिने बताए ।

 

अरु वक्ताले भने बृक्षारोपण अभियानलाई देशभर केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए ।

विशेष