सेनाको सिपाहीको परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । लोकसेवा आयोगले लिएको नेपाली सेनाको सिपाहीको परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको र यसबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ।
लोकसेवा आयोगले सेनाको सिपाहीको परीक्षा लिन थालेयता अनुत्तीर्ण हुने क्रम बढेसँगै पास हुनका लागि नक्कली परीक्षार्थीको प्रयोग बढ्न थालेको छ।