लालुलाई १४ वर्षको जेल सजाय
बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटालासम्बन्धी मुद्दामा अदालतले शनिबार १४ वर्षको जेल सजाय सुनाएको छ। अदालतले उनलाई सोमबार सो मुद्दामा दोषी ठहर गरेको थियो।
दुम्का सरकारी खजानाबाट अवैध रुपमा ३.१३ करोड भारतीय रुपैँया निकासा गरेको मुद्दामा राँचीस्थित विशेष सिबिआइ अदालतले उनलाई सात–सात वर्षको दुई अलगअलग सजाय तोकेको हो।
अदालतले उनीमाथि ६० लाख रुपैँया जरिबाना पनि तोकेको थियो।
फैसलापछि लालुपुत्र तेजस्वी यादवले आफ्नो पिताको जीवन खतरामा रहेको दाबी गरेका छन्। एजेन्सी