News समाज

काेरिया भाषा परीक्षाकाे फारम भर्न किन ग्लाेबल अार्इएमर्इ बैंक मात्र ?

काेरिया भाषा परीक्षाकाे फारम भर्न किन ग्लाेबल अार्इएमर्इ बैंक मात्र ?

काठमाडौं । निरन्तर १० घन्टा लाम बसेर लाजिम्पाटस्थित ग्लोबल आइएमई बैंकको शाखामा दुई हजार पाँच सय रुपैंयाँ जम्मा गर्न सक्दा शुक्रबार रामेछाप, मन्थलीका शैलेन्द्र श्रेष्ठ निकै खुशी थिए ।

 

रोजगारीका लागि दक्षिण कोरिया जान खोजेका २५ वर्षीय श्रेष्ठ अघिल्लो दिन ६ घन्टा लाइनमा बस्दा पालो नआएपछि रकम जम्मा गर्न पाएका थिएनन्।

 

‘अघिल्लो दिन लाइनमा बस्दा पनि रकम बुझाउने पालो नआएपछि शुक्रबार बिहान ४ बजे लाइनमा बसिसकेको थिएँ, ‘रकम जम्मा गर्दाको पीडा सुनाउँदै उनले भने, ‘म पुग्दा त चारपाँच सय युवाको लाइन पहिलेदेखि नै रहेछ ।’ उनले दिउँसो् २ बजेमात्रै बैंकमा रकम जम्मा गर्न सकेको बताए ।

 

सन् २०१९ का लागि कोरियाले नेपालबाट कामदार लैजाने प्रक्रियाअन्तर्गत भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन संकलन गर्न थालेपछि पहिलो चरणमै युवाले सास्ती खेप्नुपरेको छ ।

 

ग्लोबल आइएमई बैंक नै किन ?

दरखास्त फाराम भर्नकै लागि चर्को सास्ती खोप्नुपरेपछि शाखाले किन ग्लोबल आइएमई बैंकलाई मात्र छनोट गर्यो भन्ने चौतर्फी विरोध भइरहेको छ ।

 

देश संघीयतामा गइसकेपछि गाउँगाउँमा बैंक पुगेको र २६ वटा वाणिज्य बैंक संचालनमा भइरहेको बेला एउटा मात्र बैंक छनोट गर्नु जायज नभएको पीडितको गुनासो छ । 

विशेष