विदेश

अफगानी सुरक्षाकर्मीकाे कारवाहीमा ७१ तालेवानीकाे मृत्यु

अफगानी सुरक्षाकर्मीकाे कारवाहीमा ७१ तालेवानीकाे मृत्यु

अफगानी सुरक्षा फौजले तालिवानविरुद्ध चलाएको कारबाहीमा विगत २४ घण्टामा कम्तिमा ७१ विद्रोही लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ।

 

‘सेनाले गरेको स्थल तथा हवाई आक्रमणमा १४ जना इश्लामिक स्टेट(आइएस) समूहका लडाकू सहित ७१ विद्रोहीको मृत्यु भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

 

सरकारले यहाँका ३४ प्रान्तभर विभिन्न ७० किसिमका विशेष सुरक्षा कारबाही सञ्चालन गरिएको र यसबाट तालिवान तथा इश्लामिक विद्रोहीलाई निकै कमजोर बनाउन सफलता मिलेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

 

कारबाहीका क्रममा अफगानिस्तानमा आइएसको संगठन विस्तारमा सहयोग गर्दै आएकी एक महिला लडाकू पक्राउ गरिएको छ। उक्त क्रममा अफगानी राष्ट्रिय सेनाले सहयोगका लागि विभिन्न ७० उडान र १४ राउन्ड हवाई आक्रमण गरेको सरकारी पक्षले जनाएको छ। 

 

यस विषयमा तालिवान तथा आइएस समूहकाे कुनै प्रतिक्रिया अाइनसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

विशेष