News

दर्जनौं विदेश भ्रमण रद्द, मन्त्रिपरिषद्मा पनि घटे भ्रमण प्रस्ताव

दर्जनौं विदेश भ्रमण रद्द, मन्त्रिपरिषद्मा पनि घटे भ्रमण प्रस्ताव

काठमाडाैं । डौसरकारले विदेश भ्रमणमा रोक लगाएपछि मन्त्रिपरिषद्मा दर्ता हुने प्रस्ताव ७० प्रतिशतले घटेको छ ।

 

यसअघि विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा एकै दिन ६० देखि ७० वटासम्म प्रस्ताव आउने गरेका थिए ।

 

त्यसरी आउने प्रस्ताव मध्ये ७० प्रतिशत उच्च पदाधिकारीको विदेश भ्रमण सम्बन्धमा आउने गरेको प्रधानमन्त्री कार्यालयको बैठक शाखाले जनाएको छ ।

 


केपी ओली प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्री कार्यालयले दुई पक्षीय सन्धि–सम्झौता नेपालको तर्फबाट हस्ताक्षर गर्नुपर्ने कार्यक्रमबाहेक अन्य सबै विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो ।

 

त्यस अघिसम्म अध्ययन, अवलोकनका नाममा मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा विभिन्न संवैधानिक निकायका प्रमुख, सदस्यहरु तथा उच्चपदस्थ कर्मचारीको भ्रमणको लर्को नै लाग्ने गरेको थियो ।, याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।

 

विशेष