News

बम विस्फोट गराउनेलार्इ कारबाहीकाे माग गर्दै लहान बन्द, जनजीवन प्रभावित

बम विस्फोट गराउनेलार्इ कारबाहीकाे माग गर्दै लहान बन्द, जनजीवन प्रभावित

लहान । सिरहामा शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ ।

 

शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा ८ जना घाइते हुनेगरी गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारबाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ लहानले बन्द आह्वान गरेको हो ।


बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकरलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी न्यून चलेका छैन ।

 

लहानमा पछिल्ला दिनमा व्यापारी लक्षित विस्फोटका घटना बढेका छन् । गत मंसिर २८ यता मात्रै व्यापारी निशाना गरेर ३ वटा विस्फोटका घटना भएका छन् । असुरक्षा बढिरहेका बेला व्यापारीहरुले सुरक्षाको माग गर्दै लहान बन्द गराएका छन् ।

विशेष