नारायणगढ–मुग्लिङ सडकखण्डमा माइक्रोमाथि ढुंगा खस्दा चालकको मृत्यु
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डमा माइक्रोबसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाँउपालिका ६ मा भीरबाट माइक्रोबसमाथि ढुंगा खस्दा हाे ।
काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको उक्त माइक्रो बसमा ढुङ्गा खस्दा चालक दिपक रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक बिस्तारको काम चलिरहेको नारायणगढ मुग्लिङ्ग सडकको माथिको डाडामा डढेलो लागेको र सोही क्रममा ढुंगा खस्न पुगेको बताइएको छ ।