News

छापा सञ्चारमाध्यममा कार्यरत फाेटाे पत्रकारकाे संगठन पिजेमा विकास कार्की निर्विराेध अध्यक्ष

छापा सञ्चारमाध्यममा कार्यरत फाेटाे पत्रकारकाे संगठन पिजेमा विकास कार्की निर्विराेध अध्यक्ष

काठमाडौं- नेपाली छापा सञ्‍चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबको अध्‍यक्षमा विकास कार्की निर्विरोध निर्वाचित भएका छन्।

 

शनिबार अनामनगरस्थित क्लबको कार्यलयमा आयोजित पिजे क्लब नेपालको नावौ साधारणसभाबाट दुई वर्षका लागि कार्की निर्विरोध निर्वाचित भएका हुन। कार्की अन्नपूर्ण पोष्टका फोटो सम्पादक हुन। साधारणसभाले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

 

यस्तै पिजे क्लब नेपालको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका फोटो पत्रकार केशबराज थोकर, महासचिवमा कान्तिपुर पब्लिकेशनका फोटो पत्रकार श्रुति श्रेष्ठ र कोषाध्यक्षमा राजधानी दैनिकका फोटो पत्रकार द्घारिका काफ्ले, सचिवमा नया प्रत्रिका ज्ञानेन्द्र कार्की निर्विरोध निर्वाचित भए।

 

यस्तै सदस्यहरुमा नयाँ प्रत्रिका अमूल थापा, द काठमाडौ पोष्टका प्रकाश तिमलसेना, नेपाली टाईम्सका विक्रम राई, गोरखापत्रका विकास द्वारे, कान्तिपुरका हेमन्त श्रेष्ठ र स्पोर्टस टाईम्सका शंकर व्‍यञ्‍जनकार निर्विरोध चयन भए।

 

निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक अधिवक्ता पवित्रा राउत र नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा एशोसिएट संयोजक पवन आचायले प्रमाणपत्र प्रदान गरेका थिए।

विशेष