News मुख्य समाचार

केही दिनदेखि उपत्यका अासपासमा विद्युत नअाउनुकाे यस्ताे छ कारण

केही दिनदेखि उपत्यका अासपासमा विद्युत नअाउनुकाे यस्ताे छ कारण

नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययकालगायत देशभर कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको जनाएको छ । 

 

औद्योगिक ग्राहकलाई केही घण्टाको  लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर विद्युत गएको हो’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले भने, ‘केही समय विद्युत नआउँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ भयो भनेर बुझ्नु हुँदैन ।’ 

 

सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ । 

 

‘सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा ट्रान्सर्फमर सार्नु पर्नेगायत प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत कटौती भएको हुन सक्छ’, घिसिङले भने,  ‘यस्ता समस्या तत्काल समाधान गरी विद्युत आपूर्ति नियमित गर्न हामीले काम गरिरहेका छौं ।’

 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखेर त्यसैअनुसार काम भइरहेको बताए ।

 

‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत आपूर्ति कटौती गर्नु भएको हुन सक्छ’, अधिकारीले भने, ‘मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।’

विशेष