News राजनीति

कांग्रेस बैठकको दोस्रो दिनः जब देउवाले प्रकाशमानलाई हकारे

कांग्रेस बैठकको दोस्रो दिनः जब देउवाले प्रकाशमानलाई हकारे

काठमाडौं । कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप-प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।

 

यसअघि मर्यादाक्रम नमिल्दा पूर्वउपसभापति गोपालमान श्रेष्ठ केन्द्रीय समितिमा उपस्थित भए पनि उपस्थितिपुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । मर्यादाक्रम मिलाउन बनेको ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको समितिले शनिबारबाट उनलाई पदाधिकारीको लहरमा राखेको छ ।

 

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवपछि श्रेष्ठको कुर्सी राखिएको छ । उनलाई आफूभन्दा मर्यादाक्रममा अगाडि राखिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आपत्ति जनाए ।

 

आफू पनि उपसभापति भइसकेको भन्दै अगाडि हुनुपर्ने उनको माग छ । कांग्रेस फुटेका बेला प्रजातान्त्रिक कांग्रेसमा श्रेष्ठसँगै सिंह पनि उपसभापति थिए । तर, मर्यादाक्रममा श्रेष्ठ अगाडि थिए ।

 

पार्टी एकीकरणपछि पनि श्रेष्ठभन्दा सिंह पछाडि नै थिए । सुशील कोइराला सभापति भएपछि महामन्त्री भएका सिंह गोपालमानभन्दा अगाडि भए । यो क्रम १३औँ महाधिवेशनपछि पनि कायम हुन पुग्यो ।

 

वरिष्ठ र उपसभापति पनि भइसकेकाले अगाडि हुनुपर्ने उनको माग थियो । उनी बैठकमा उपस्थित भए पनि पछाडि राखिएको भन्दै उपस्थितिमा हस्ताक्षर गर्दैनथे ।

 

१३औँ महाधिवेशनलगत्तै श्रेष्ठलाई पदाधिकारीपछि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाभन्दा पछि सातौँ नम्बरमा राखिएको थियो । याे खबर आजको नयाँ पत्रिकामा छ ।

 

विशेष