News मुख्य समाचार

प्रतिनिधिसभा बैठक अाज बस्दै, यी हुन् पेस हुने अध्यादेश

प्रतिनिधिसभा बैठक अाज बस्दै, यी हुन् पेस हुने अध्यादेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अघिल्लो सरकारको सिफारिसमा जारी तीन अध्यादेश संसद्मा पेस गर्ने लागिएकाे हाे ।

 

राष्ट्रिय सभा सदस्य निर्वाचन र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश सोमबारको सम्भावित कार्यसूचीमा पर्न सक्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए।

 

सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुनेछ ।

विशेष