News

शिक्षक नै चिट चाेराउन संलग्न

शिक्षक नै चिट चाेराउन संलग्न

माद्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) लाई अमर्यादित बनाएको आरोपमा सोमबार सिरहामा दुई जना निरीक्षक कारबाहीमा परेका छन्। उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ।

 

परीक्षार्थीलाई चिट चोराएकाे आरोपमा चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट यमुना राउत र मावि सोनवर्षा केन्द्रबाट शैलेश यादवलाई पक्राउ गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए।

 

दुवैलाई शिक्षा ऐनअनुसार कारबाही गरिने महतोले बताए। याे खबर सिरहाकाे हाे ।

 

सोमबार भएको अनिवार्य गणित विषयको परीक्षा शान्तिपूर्ण सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ।

 

यसअघि परीक्षा सुरु भएकै दिन (चैत ८ गते) अमर्यादित परीक्षा सञ्चालन गरेको भन्दै लहानस्थित पशुपति आदर्श मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्काशन गरिएको थियो।

 

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको आरोपमा ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका निरीक्षक गौरीनरायण यादवलाई पनि निष्काशनको कारबाही गरिएको थियो।

विशेष