News Technology

चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु

चीन जोड्ने विद्युत् प्रसारण लाइनको अध्ययन सुरु

काठमाडौं । चीनको महत्वकांक्षी योजना 'बेल्ट एण्ड रोड इनिसियटिभ' अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ ।

 

२०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो। सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ ।

 

सोही अन्तरदेशीय प्रसारण लाइन आयोजना निर्णयको मोडालिटीलाई अन्तिम रूप दिन नेपाल विद्युत् प्राधिकरण सर्भेयर टोलीले अध्ययन शुरु गरेकाे हो। प्राधिकरणले नै उक्त प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन गरसकेको छ ।

 

अध्ययनअनुसार विभिन्न ३ वटा भौगोलिक क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्न सकिने देखिएको छ। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

विशेष