धनगढी विमानस्थलमा रात्रिकालीन उडान सुरू
धनगढी । त्रिभुवन विमानस्थलपछि मुलुककै लामो धावनमार्ग भएको धनगढी विमानस्थल रात्रिकालीन उडान सुरू भएको छ ।
नेपाल उड्डयान प्राधिकरणले भीओर- डीएमई उपकरण जडानको तयारी गरिरहेकै बेला आइतबार बुद्ध एयरको एटीआर जहाजले धनगढीबाट रात्रिकालीन उडान गरेको हाे ।
यसअघि धनगढी विमानस्थलमा पाँच हजार मिटर अथवा पाँच किलोमिटर भिजिबिलिटीमा मात्रै जहाज उडान र अवतरण हुने गरेको थियो ।
बुद्ध एयरले नागरिक उड्डयन प्राविधरणको स्वीकृतिमा जीएनएसएस अर्थात् ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम जडान गरेपछि उसका जहाज अब धनगढी विमानस्थलमा पाँच हजारको भिजिबिलिटीको सट्टा १७ सय मिटरको भिजिबिलिटीमै उडान गर्नेछन्।
तत्कालका लागि बुद्ध एयरका जहाजले मात्रै कम भिजिबिलिटी अथवा रात्रिकालीन उडान भर्न सक्ने धनगढी विमानस्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए।,