‘संविधान बनाउँदा नोकर बनेकाहरुले आज मालिक बन्न खोजेर हुन्छ ?’ (भिडियाे)
काठमाडौं । युरोपेली युनियन (ईयू)को निर्वाचन पर्यवेक्षण प्रतिवेदनमाथि यतिबेला सदनसम्मै बहस भएको छ । विभिन्न नागरिक समाजदेखि प्रधानमन्त्रीसम्मले उक्त प्रतिवेदनमाथि आपत्ति प्रकट गरे ।
ईयूलाई नेपालले दिएको कार्यदेशभन्दा बाहिर गएर नेपालको राजनीतिक र समाजिक सद्धभावलाई नै खलल पुग्ने गरेर हस्तक्षप गुर्नको काणरबारे यसो भन्छन्, राजनीति तथा परराष्ट्र मामिला जानकार अरुणकुमार सुवेदी ।
नेपालआजले प्रस्तुत गर्दैआएको सुवेदीको नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’ मा उनले नेताहरु पहिले अप्रत्यक्ष रुपमा ईयूको नोकर भएको र अहिले आएर मालिक बन्न खोज्दा यस्तो समस्या आएको बताउँछन् ।
संविधान बनाउदा नै ईयूको ‘ग्राइन्ड डिजाइन’ भएको भन्दै उसले देखाएको यो हर्कतलाई आपत्तिका रुपमा लिनुमा कुनै तुक नरहेको सुवेदीको धारण छ ।
ओली र उपेन्द्र
प्रधानमन्त्री ओली र उपेन्द्र यादव दवैै कम्युनिस्ट स्कुलिङका भए पनि उनीहरुमा कुनै कुराको समानता नभएकाले ईयूबारे धारण फरक भएको उनको बुझाइ छ ।
ओलीलाई कम्युनिस्ट विचार धाराबाट विचलित हुन नदिन नै प्रचण्डलाई एमालेमा ल्याइएको सुवेदीले बताए । ओलीले २०७२ वैशाखमा नेपाललाई धर्मनिरपेक्ष बनाउन नहुने तर्क गरे । तर असोजमा फेरि उनी ईयूको इसारामा चलेर धर्मनिरपेक्षको धारमा पुगे ।
पछिल्लो ‘गाईकाण्ड’
ईयूले बझाएको प्रतिवेदन, गाईकाण्ड र झण्डा परिवर्तनको विषय एकैचोटि आउनु संयोग नभएको उनको बुझाइ छ । सुवेदीले भने, ’यो नियोजित तरिकाले ल्याइएको हो, ८० प्रतिशतभन्दा बढी गौरक्षक भएको ठाउँमा कुनै पनि शास्त्रले व्यवस्थापन नगरी गौहत्याको कुरा गर्नु वैदिकताको कमी देखिन्छ ।’
प्राचीनकालमा सबै जाति र वर्गबाट शोषित तामाङलाई कुनै पनि ठाउँमा समान अवसर नदिएर उनीहरुमाथि दमन र शोषण भएको थियो ।
जहाँ मृत जनावरको व्यवस्थापन गर्ने जाति थिएन, त्यो उनीहरुलाई व्यवस्थापन गराउन लगाइयो र अहिले आएर उनीहरुले त्यसलाई आफ्नो पहिचानको विषय बनाउन नहुने उनको बझाइ छ ।
राष्ट्रिय झण्डा परिवर्तन गर्ने चलखेल
यस्तै नेपालको झण्डा परिवर्तन गर्ने खेल अहिलेसम्म चलिरहेको उनी उताउँछन् । सुवेदीले भने, ‘गोराहरुको चित्त बुझाउन झण्डा परिवर्तनको खेल भइरहेको छ ।
झण्डा रक्षाका लागि नेपाली सेनाले ठूलो कसरत गरिरहेकाले गोराहरु सेनाको संख्या नै घटाउनतिर लागेको देखिन्छ । यसो भए सेना प्रतिकारमा उत्रने अवस्था आउँछ ।’
अरुणकुमार सुवेदी कुरा खस्रा मिठा