News

उत्कृष्ट काम गर्ने प्रहरीलार्इ मासिक भत्ता

उत्कृष्ट काम गर्ने प्रहरीलार्इ मासिक भत्ता

महानगरीय प्रहरी परिसर काठमाडौंले हरेक महिना उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने भएको छ। परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख एएसपी विश्वराज पोखरेलले राम्रो काममा प्रोत्साहन गर्न नगद पुरस्कारको व्यवस्था गरिएको बताए। 

 

नेपाल बंगलादेश बैंकले पुरस्कार राशिका लागि नगद रकम उपलब्ध गराउनेछ । यस विषयमा काठमाडौं परिसर र नेपाल बंगलादेश बैंकबीच मंगलबार एक वर्षे सम्झौतामा हस्ताक्षर भएको हो।

 

सम्झौताअनुसार नेपाल बंगलादेश बैंकले काठमाडौं प्रहरीलाई १८ लाख ६० हजार रुपैयाँ उपलब्ध गराउनेछ। 

 

जसअन्तर्गत उत्कृष्ट काम गर्ने एक जना डीएसपीलाई ५० हजार, इन्स्पेक्टरलाई ३५ हजार, सईलाई २५ हजार, असईलाई २० हजार, हवल्दारलाई १५ हजार र जवानलाई १० हजार रुपैयाँ पुरस्कारस्वरुप हरेक महिना प्रदान गरिनेछ।

 

प्रोत्साहन भत्ताका पाउने प्रहरीको छनाेट काठमाडौं प्रहरीकै एक समितिले गर्नेछ।

विशेष