हिन्दु र मुसलमानबीच दंगा भड्कियाे, १५० बढी पक्राउ
काठमाडौं–भारतको बिहारमा हिन्दु र मुसलमानबीच दंगा भड्किएको छ । यसको शुरुवात आइतबार रामनवमीको दिन भएको थियो ।
औरङ्गाबादका जिल्लाधिकारी राहुल रन्जन माहीवालले बीबीसीलाई भनेका छन्, ‘सोमबार दिउँसो जामा मस्जिद क्षेत्रमा रामनवमीको जुलुस गइरहेको थियो । त्यसमाथि ढुङ्गा हानियो । त्यसपछि हिंसा भड्कीयो ।’
उनले अगाडि भनेका छन्, ‘आगजनीको घटना भयो । तीन दर्जन दोकानहरुमा आगो लगाइयो । लगभग दश मानिसहरु घाइते भएका छन् । तीन मानिसहरुलाई गोली लागेको छ जसमा एकको हालत गम्भिर रहेको छ ।”
प्रशासनले दिएको जानकारी अनुसार प्रहरीले जुलुसमा सहभागीहरुलाई आ आफ्नो घरमा पुर्याइदिएको थियो । तर त्यसपछि फेरी जामे मस्जिदबाट केही टाढा शहरको एक गल्लिमा दुई समुदायबीच गोलि हानाहान भयो ।
यसमा तीन मानिस घाइते भएका छन् । दुई जनाको खुट्टामा गोली लागेको छ । तिनका औरङ्गाबादमा उपचार भइरहेको छ । तेस्रो व्यक्तिलाई पेटमा गोलि लागेको छ भने अवस्था गम्भिर छ । उनलाई थप उपचारको लागि पटना पठाइएको छ । घाइतेहरुमा दुवै समुदायका मानिसहरु सामेल छन् । प्रशासनले यो हिंसा पछि लगभग १५० मानिसहरुलाई पक्राउ गरेको छ ।”
हालसम्म औरङ्गाबादको हिंसामा कसैको ज्यान गएको छैन तर शहरमा धारा १४४ लागू गरिएको छ र मंगलबारसम्म इन्टरनेट सेवाहरु बन्द राख्ने फैसला गरिएको छ ।
तथापि प्रशासनले जरुरी सेवालाई भने यथावत राखेको जानकारी दिएको छ ।
जिल्लाधिकारीले बताए “सोमबार भड्कीएको हिंसाको दौरान भड्किलो नारा लागेको थियो र दुवै पक्षबाट ढुङ्गा हानिएको थियो । यसको आधा घण्टाभित्र पुलिसले लाठी चार्ज गर्यो र अश्रु ग्यास हानेर स्थीतिलाई नियन्त्रणमा लिएको थियो ।”
मस्जिदबाट केही टाढा जुन स्थानमा यो घटनापछि साँझमा गोलि चलेको थियो त्यहाँ दुवै सम्प्रदायका मानिसहरु वर्षौ देखि मिलेर बसेका थिए ।
प्रशासनले यो घटना कुनै योजना अन्तर्गत भएको जनाएको छ ।
राहुल रन्जन माहीवालले बताएअनुसार प्रशासन सतर्क छ । प्रर्याप्त पुलिस फौज पनि तैनाथ छ । पछिल्लो १२ घण्टामा कुनै अप्रिय घटना भएको छैन । पटनाबाट पनि पुलिस पदाधिकारी यहाँ क्याम्प लगाएर बसेका छन् ।
सोमबार यो विषयमा विहार विधानसभामा पनि बहश भएको थियो । विपक्षले औरङ्गाबादमा लागेको कफ्र्यू माथि प्रश्न उठाए । कफ्र्यूको बारे स्पष्ट पार्दै मुख्यमन्त्रीले भने “औरङ्बादमा कफ्र्यू लगाइएको छैन । र प्रहरीको तर्फबाट गोलि हानिएको छैन । हामी अवस्थामाथि ध्यान दिइराखिरहेका छौं । हामी माहौल बिगार्नेलाई कुनै पनि हालतमा कारबाही गर्नेछौं ।”