अङ्क गणितीय हिसाबका राजपा र फोरम सरकारमा नगएका कि नलगिएको ?

अङ्क गणितीय हिसाबका राजपा र फोरम सरकारमा नगएका कि नलगिएको ?

काठमाडौँ । वामपन्थी सरकारमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि समावेश गरेर लैजाने विषय निकै चल्याे । जसरी त्याे विषयले चर्चा पायाे त्यसरी नै सेलायाे पनि ।

 

वाम गठबन्धन र यी दुर्इ मधेशी दलबीच दिनमा तीन–तीन पटक वार्ता पनि भएका थिए । तर, अहिले सरकारमा सहभागी गराउने चर्चासमेत हुन छाडेको छ ।

 

सरकारले सोधखोज गर्न पनि छाडेको छ । यसबाट वामगठबन्धनले राजपा र फोरम नेपाललाई सरकारमा लिन चाहिरहेको छैन जस्तो देखिन्छ ।

अब प्रश्न उठ्छ कि सरकारले फोरम र राजपालाई नलिएको हो कि ती दल नगएको हुन ? वार्ता र संवादका लागि यी दुईवटै दल तयारी अवस्थामा छन् । तर, सरकारको पक्षबाट कुनै पहल भएको छैन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भन्छन्, ‘राजपा नेपालको बारेमा त भन्न सकिदैन । तर, फोरम नेपाललाई सरकारमा ल्याउन लागि तयार छौँ । उनीहरुको पार्टीभित्र विवाद भएको कारणले आउन नसकेको हो ।’

 

उनले केही दिन पहिले भनेका थिए, ‘राजपा नेपालसँग सरकारमा आउने कुरा ‘क्लोज’ भएको छ ।’

 

राजनीतिक सल्लाहकार रिमालले यति स्पष्टसँग भन्दा पनि सरकारमा लिने र नलिने विषय अन्यौल देखिएको छ ।

 

राजपा नेपालका सहमहामन्त्री सुरेन्द्र झा भन्छन्, ‘हामी सरकारमा नगएको हो ।’

 

अंकगणितका हिसावले बामगठबन्धनलाई अहिले अन्य दलको आवश्यकता नै छैन ।

 

बहुमतको सरकार निर्माण गरेको छन् ।

 

‘अब सबै दललाई समेटेको छु भनि देखाउन मात्र प्रधानमन्त्री ओलीले राजपा र फोरमलाई सरकारमा लिनसक्नुहुन्छ अन्यथा कुनै आवश्यकता नै छैन’ झाले भने ।

 

राजपा नेपाललाई सरकार लैजान बामगठबन्धन इच्छुक नदेखिएको केही घटनाक्रम हेर्न सकिन्छ ।

 

जस्तो कि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको चुनाव हुँदा थियो । वार्ता भए । थुनामा रहेका रेशम चौधरीलाई जुश पनि खुवाइयो । जब सबै चुनाव सम्पन्न भए, वार्ता पनि बन्द । रेशम चौधरीलाई शपथ खुवाउने र रिहाई गर्ने चर्चा पनि बन्द ।

 

यदि सरकारमै लैजाने मनस्थिति भए राजपा नेपालका लागि पनि मन्त्रालय छुट्याएर राख्न सकिन्थ्यो । यसबाट बुझ्न सकिन्छ कि सरकारले पनि राजपा नेपाललाई सरकारमा लिन चाहेको छैन । फोरमका लागि भने मन्त्रालय खाली राखिएको छ ।

 

तर, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘सरकारमा जाने सम्भावना अहिले पनि समाप्त भएको छैन । किनभने हामीले न सरकारमा जाने निर्णय गरेका छौँ न नजाने निर्णय गरेका छौँ । हाम्रो मुल मुद्दा सविधान संशोधन हो । सविधान संशोधनको विषयमा स्पष्ट भएपछि हामी सरकारमा जान्छौँ ।’

 

सरकारसँग हुने वार्तामा सहभागी हुँदै आएका महासचिव यादवले माओवादी केन्द्र र एमालेले ठग्ने, झुक्याउने काम मात्र गरेको आरोप लगाए । उनी भन्छन्, ‘उहाँहरुको कुरामा भर पर्ने हो भने आजै मन्त्रीको शपथ खाए हुन्छ । त्यसमा यसपटक हामी सचेत छौँ ।’

संम्बधित खबर

विशेष