News समाज

तराई मधेशमा बजाउने ‘डिजे साउण्ड’ मा रोक लगाउन माग

तराई मधेशमा बजाउने ‘डिजे साउण्ड’ मा रोक लगाउन माग

काठमाडौं । तराई मधेशमा बजाउने ठूलो साउण्डको डिजे बाजा बन्द गराउन अधिवक्ता सुनिल रञ्जन सिंहले गृहमन्त्री रामबहादुर थापासँग आग्रह गरेका छन् ।


सिंहले आज गृहमन्त्रालमा एक ज्ञापनपत्र बुझाउँदै तराई मधेश हुने कुनै पनि धार्मिक कार्य, विवाह, वर्तबन्ध, मेला, साँस्कृतिक कार्यक्रममा ठूलो आवाजमा डिजे साउण्ड बजाउनाले मानिसको हरेक काममा बाधा परेको दावी गरेका छन् ।


आरामसँग सत्नु, बस्न, कुरा गर्न, फोन गर्न, अध्ययन गर्नलगायतका काममा बाधा परेको दावी गर्दै उनले यस्तो अवस्थामा पनि स्थानीय निकाय मुकदर्शक बनेको आरोप लगाएका छन् । त्यस्ता प्रकारका साउण्ड सिस्टम बजाउनबाट तत्कालै रोक लगाउन आग्रह गरेका छन् ।

विशेष