News समाज

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ का लागि आवेदन खुला

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ का लागि आवेदन खुला

काठमाडौं– नेपाल फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २१औं वर्षगाँठको अवसरमा आयोजना गर्ने राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ का लागि आवेदन खुला गरेको छ।

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर आउँदो बैशाख १३ गते अवार्ड समारोह गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

फोटो पत्रकारिता अवार्ड अन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट फोटोका साथै डेली लाइफ, पर्यटन, राजनीति, खेलकुद, मनोरञ्जन, अनलाइन फोटो पत्रकारिता अवार्ड लगायत १३ विधामा उत्कृष्ट भएकालाई नगद २५ हजार, ट्रफी र सम्मानपत्र दिइने आयोजकले जनाएको छ।

एजएफपिजेले अवार्डका लागि आवेदन खुला गर्दै छापा माध्यममा कम्तीमा १ वर्ष र अनलाइनमा कम्तीमा ६ महिना काम गरेका फोटो पत्रकारले आवेदन हाल्न सक्ने जनाएको छ। अवार्डमा सहभागी हुन आवेदनसँगै एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि अनिवार्य रुपमा समेट्नुपर्ने आयोजकले उल्लेख गरेको छ।

आवेदकले संस्थाको वेबसाइट www.nfpg.org.np मा उपलब्ध अनलाइन फर्म भर्नुपर्नेछ।

विशेष