News राजनीति

राष्ट्रियसभामा तीन अध्यादेश पेश

राष्ट्रियसभामा तीन अध्यादेश पेश


काठमाडौँ । राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गरे । सो अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेका थिए ।

 

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) अध्यादेश, २०७४ पेश गरे ।

 

यस्तै ती अध्यादेश गत माघ ५ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेकी थिइन् । त्यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

 

राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते बस्नेछ । (रासस)

विशेष