News

राष्ट्रपति निर्वाचनमा अाठ सय ८४ मतदाता, संघ र प्रदेशका सदस्यकाे मतभार फरक–फरक

राष्ट्रपति निर्वाचनमा अाठ सय ८४ मतदाता, संघ र प्रदेशका सदस्यकाे मतभार फरक–फरक

काठमाडौं । फागुन २९मा हुने राष्ट्रपति निर्वाचनका लागि संघ र प्रदेशका सांसद्हरुको मतभार फरक हुने भएको छ । निर्वाचनका लागि कुल ८ सय ८४ मतदाता रहेकोमा संघ र प्रदेशका सदस्यकाे मतभार फरक–फरक हुने भएको हो ।

 

संघीय संसदमा कायम प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी ३ सय ३४ सदस्यको मतभार एक सांसद् बराबर ७९ र प्रदेशसभाका ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने भएको छ ।

 

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले राष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक हुने बताए । ‘राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का ३३४ सांसदहरुको एक सदस्य बाराबर ७९ र प्रदेशसभाका ५ सय ५० सदस्यको मतभार ४८ हुने छ’, उनले भने । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।

विशेष