अर्थमन्त्रीकाे अभिव्यक्तिले २७ महिनायताकै न्यून बिन्दुमा झर्यो नेप्से
काठमाडौँ । लामो समयदेखि निरन्तर घट्दै आएको सेयर बजार परिसूचक नेप्से सोमबार ५१ अंकले घटेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा नै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अधिकतम ५६ अंकले घटेको थियो ।
तर, अन्त्यमा झिनो अंकले सुधारिएपछि ५१ दशमलव ८९ अंकले घटेर १ हजार १ सय ६८ बिन्दुमा बजार बन्द भएको छ । यो २०७२ पुस २७ गतेयताकै न्यून बिन्दु हो ।
धेरै दिन ओरालो लागेको बजार सोमबार सुधार हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । आइतबार अर्थमन्त्री डा.युवराज खतिवडाले विराटनगरमा दिएको अभिव्यक्तिले बजार पुनः घटेको लगानीकर्ताको भनाइ छ ।
खतिवडा गभर्नर हुँदा पनि सेयरबजारप्रति सकरात्मक थिएनन् । सोही कारण उनी अर्थमन्त्री भएदेखि नै लगानीकर्ताहरू त्रसित छन् ।
उनले दिएको अभिव्यक्तिले लगानीकर्ताको मनोबल थप खस्केको सेयरबजार लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए । याे खबर नयाँ पत्रिकामा छ ।