News

कैदीकाे उपचारका क्रममा मृत्यु

कैदीकाे उपचारका क्रममा मृत्यु

महोत्तरी जिल्ला जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेका जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए ।

 

नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार ०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहरको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको ठाकुरले बताए । उनलार्इ के राेग लागेकाे थियाे भन्नेबारे खुलाइएकाे छैन ।

 

मृतक मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

विशेष