News राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक : अग्रिम महाधिवेशन लागि लिखित प्रस्ताव पेश हुने

कांग्रेस केन्द्रीय समिति बैठक :  अग्रिम महाधिवेशन लागि लिखित प्रस्ताव पेश हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । निर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले अाज पनि बिहान ९ बजेदेखि बस्न लागेकाे हाे ।

 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शुक्रबारदेखि सुरु बैठकमा २३ केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए । २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेकाले बैठक अझै केही दिन लम्बिन सक्ने पौडेलले बताए ।


यसअघि बैठकमा बौल्ने सबैजसो नेताले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस अरुका कारण नभई आफ्नै कारण कमजोर जस्तो देखिन पुगेको बताएका थिए ।

 

जारी बैठकमा संस्थापन बाहिरका गुटले सभापति शेरबहादुर देउवाको नीति र नेतृत्वको चर्को आलोचना गरेका छन् भने भित्रकाले बचाउमा समय खर्चिरहेका छन् । यस्तै मंगलबारकाे बैठकमा अग्रिम महाधिवेशनकाे माग गर्दै लिखित प्रस्ताव पेश गर्ने तयारी रहेकाे बुझिएकाे छ ।

विशेष