बाँसकाे चिर्पटले हानेर श्रीमतीकाे हत्या
खोटाङको मझुवागढी नगरपालिका–३ काउलेमा सोमबार लाेग्नेस्वास्नीबीच झगडा हुँदा लाेग्नेले स्वास्नीकाे हत्या गरेका छन् ।
स्थानीय ५९ वर्षीय मकरध्वज राई र श्रीमती ५० वर्षीया आइसरी राईबीच साँझ ५ बेजतिर सामान्य विवाद भएकाे स्थानीयले बताएका छन् । उक्त विवाद सहन नसकेर श्रीमानले बाँसको लाठीले हिर्काएर श्रीमतीकाे हत्या गरेका हुन् । श्रीमतीकाे घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कर्यालय खोटाङबाट गएकाे प्रहरीको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।