राजनीति भिडियो कभर स्टोरी इतिहास र अनुभूति

डा. केसीको कटाक्षः सहिदका श्रीमतीहरु मागेर हिँड्नुपर्ने, नेताका श्रीमतीलाई चाहिँ रेड कार्पेट ! (भिडियाे)

प्रा. डा. सुरेन्द्र केसीको कडा विश्लेषण

डा. केसीको कटाक्षः सहिदका श्रीमतीहरु मागेर हिँड्नुपर्ने, नेताका श्रीमतीलाई चाहिँ रेड कार्पेट ! (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारोण गरेको महिना बितिसक्यो । तीन पटक मन्त्रिपरिषद् विस्तार भइसक्दा पनि सरकाले पूर्णता पाएको छैन ।

 

प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) लाई सरकारमा सहभागी गराउने बताए पनि वातावरण भने बनिसकेको छैन ।

 

यस्तै एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता र प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग नेपाल आजका लागि लोकेन्द्र भट्टले गरेको कुराकानीको केही अंश :

 

मधेशवादी दलको पदका लागि मरिहत्ते

ओली नेतृत्वको सरकारमा सहभागी हुन खुट्टा उचालेको देख्दा मधेशवादी दलमाथि नै प्रश्नको विषय जन्मिएको छ । हिजो ओलीविरुद्ध विरोधमा उत्रिएका उनीहरु आज सत्ताका लागि लाचार भएको देख्दा घृणा लागेर आउँछ ।

 

लामो राजनीति विरासत बोकेका राजपा नेता महन्थ ठाकुरले उपराष्ट्रपतिका लागि सरिक भएको देख्दा अचम्म लाग्यो । उनीहरु पदका लागि जस्तोसुकै कदम चाल्न तयार छन् । यो सबै उनीहरुको पछिल्लो गतिविधिले प्रस्ट पारेको छ ।

 

पार्टी एकता र ओलीको भारत भ्रमण

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामा प्रचण्डले अहिले आएर पदीय भागबण्डामा बराबरी हैसियत खोज्नुले पार्टी एकतामा केही शंका गर्नुपर्ने ठाउँ उब्जाएको छ ।


तर प्रचण्डको बोलीको ठेगान नभएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन । पार्टी एकता भएको खण्डमा पनि एमाले र माओवादीका क्षमतावान् नेताहरुको भविष्य धरापमा पर्नेछ ।

 

प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुको कुनै तुक छैन । उनी आफ्नो आत्मालाई शान्त पार्न भारत जान हतारिएका हुन् । यसले स्वयं एमालेलाई नै घाटा हुन्छ । भारत जानैपर्ने भए पनि ८÷९ महिनापछि जानु उपयुक्त हन्थ्यो ।

 

कांग्रेसमा परिवारवाद कहिलेसम्म ?

नेपाली कांग्रेसमा परिवारवादको समस्या सबैभन्दा विकराल बन्दै गएको छ । गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोबाट देउवा पनि अछुतो रहन सकेनन् ।

 

नेतृत्वको यस्तो सोचले कांग्रेसका लागि मरिमेट्नेहरूको भावनामाथि तुषारापात ग¥यो । कांग्रेस विधि, विधानभन्दा नेतृत्वमुखी भएको छ । देउवामा नैतिकताको ठूलो खडेरी छ ।

 

तैपनि ओली नेतृत्वको सरकारले कामभन्दा कुरा बढी गर्न थालकाले कांग्रेसलाई अगामी चुनावमा अगाडि आउन गाह्रो छैन ।

 

डा. सुरेन्द्र केसी इतिहास र अनुभुति

विशेष