कांग्रेस प्रदेश ३ को संसदीय दलको प्रमुख सचेतकमा घले

कांग्रेस प्रदेश ३ को संसदीय दलको प्रमुख सचेतकमा घले

नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको बैठकले प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ ।

 

संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो ।


त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुसाशन समितिको संयोजकमा बिजुला बर्मालाई चयन गरेको छ ।

 

बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समितिमध्ये कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठलार्इ उम्मेदवार बनाउने निर्णयसमेत गरेको सदस्य सचिव निमा लामाले जानकारी दिए ।

संम्बधित खबर

विशेष