राजनीति भिडियो कभर स्टोरी

धार्मिक नेताको गुनासोः मैले त भनेको थिएँ, ईयूले नेपालमा जातीय हिंसा भित्र्याउँदैछ (भिडियो)

म त बाहुनको छोरो ! ईयूलाई प्रश्न सोध्ने नैतिक हक छ

धार्मिक नेताको गुनासोः मैले त भनेको थिएँ, ईयूले नेपालमा जातीय हिंसा भित्र्याउँदैछ (भिडियो)

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले केही दिनअघि नेपालका खसआर्य समुदायलाई छुनेगरी एक विज्ञप्ति निकाल्यो । लगत्तै यसको विरोध पनि भयो ।

 

त्यसो त अन्तर्राष्ट्रिय दातृ निकायले विभिन्न शिर्षकमा यहाँ ठूलो लगानी गर्दैआएका छन् । दातृ निकायको यस्तो गतिविधिलाई केही राष्ट्रवादीहरुले वैदेशिक हस्तक्षेप भन्दैआएका छन् । र यस्ता गतिविधिले राष्ट्रियता कमजोर हुने उनीहरुको निश्कर्ष छ ।

 

यही सन्दर्भमा एकजना सामाजिक अभियन्ता तथा धार्मिक नेता केशव चौलागाईँसँग नेपाल आजका लागि नेत्र पौडेलले अन्तरवार्ता गरेका छन् । हालै यूरोपियन यूनियनले निकालेको प्रेस विज्ञप्ति र यसको प्रभावबारे अन्तरवार्ता केन्द्रित छ ।

 

प्रदेश नम्बर ३ का सभामुखले गाई काटेर खान पाउने विषयमा आफ्नो धारणा राखेपछि सुरु भएको विवादले केही दिन धेरैलाई गिजोल्यो । झण्डै हिन्दु र गैरहिन्दु समुदाय आमने सामने भए । यही विषयले जातीय हिंसाको रुप लिएला कि ! भन्ने शंसय धेरैमा थियो ।

 

धार्मिक नेता चौलागाईँले यसको अन्तर्यलाई नेपालआजसँग बिस्तृतमा ब्याख्या गरेका छन् । ईयू लगायत निकायले नेपालमा जातीय द्धन्द्ध निम्त्याउनसक्ने खतरा रहेको भन्दै उनले सरकार यस्ता संवेदनशील विषयमा चनाखो हुनुपर्ने बताएका छन् ।

 

केशव चौलागाईँ

विशेष