News

मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ ।

 

को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

रायलाई राति ११ः ३० बजेतिर धनपालथान गाउँपालिका–६ स्थित दादरबैरिया चोकमा ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलका चालक मोरङ, कटहरी गाउँपालिका–५ बस्ने सरोज उराउ समेत घाइते भएका छन् ।

 

उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विशेष