News विदेश विचित्र विश्व Technology

चीनले अन्तरिक्षमा राखेका भग्नावशेष पृथ्वीमा खस्न सक्ने खतरा

चीनले अन्तरिक्षमा राखेका भग्नावशेष पृथ्वीमा खस्न सक्ने खतरा

अन्तरिक्ष केन्द्रमा रहेका चीनका भग्नावशेषहरु कुनै पनि बेला पृथ्वीमा खस्न सक्ने र त्यसले ठूलाे समस्या ल्याउन सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

 

द तियांयोग १ नामको चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत स्पेस स्टेसनमा रहेका भग्नावशेषहरु यही ३० मार्चदेखि २ अप्रिलको बीचमा पृथ्वीमा खस्न सक्ने चेतावनी दिइएको हो ।

 

सन् २०११ मा अन्तरिक्षमा पठाएको उक्त स्पेशको सन् २०१६ मा सम्पर्क टुटेपछि अन्तरिक्ष केन्द्रमा रहेका भग्नावशेषहरु नष्ट नभएका कारण पृथ्वीमा खस्न सक्ने चेतावनी दिइएको हो ।

 

पृथ्वीको भूमध्य रेखाको ४३ डिग्री उत्तरदेखि ४३ डिग्री दक्षिणमा यसको भग्नावशेष खस्न सक्ने द यूरोपियन स्पेस एजेन्सीले जनाएको छ ।

 

यसका बारेमा लगातार सूचना प्रशारित गरिरहेको एजेन्सीले ३० मार्चबाट यसको भग्नावशेष वायुमण्डलमा प्रवेश गर्नसक्ने जनाएको हो ।

 

सन् २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको यो पहिलो चरण पनि मानिएको थियो ।

 

धेरैजसो भग्नावशेष अन्तरिक्षमै जलेर भष्म हुने भएपनि कहिलेकाहीं भने केही टुक्रा नजलिकनै पृथ्वीमा खस्ने गरेको वैज्ञानिक बताउँछन् ।

 

चीनले सन् २०१६ मा तियांयोगसँग सम्पर्कविच्छेद भएको र नियन्त्रण गर्न सक्षम नरहेको जनाएको थियो । 

विशेष