News विदेश

सिक्किमले नेपाललार्इ भन्याे हामीबाट केही सिक्नुस्

सिक्किमले नेपाललार्इ भन्याे हामीबाट केही सिक्नुस्

एक जमानामा स्वतन्त्र राष्ट्र रहेकाे तर पछि भारतकाे मुठीमा बन्द भएकाे सिक्किम जस्ताे राज्यले धरी नेपाललार्इ हामीबाट केही सिक्नु भनेर नेपाल सरकारलार्इ लज्जित बनाइदिएकाे छ ।

 

तर सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले सिक्किमबाट नेपालले प्रशस्त कुरा सिक्न सक्ने बताएका छन् । उनले सिक्किमको विकास नेपालका लागि अनुकरणीय हुने बताए ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित दुई दिवसीय तृतीय अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चाम्लिङले विश्वका कुना–कुनामा नेपाली समुदाय पाइने चर्चा गरे ।

 

कैयौं विषयमा विभिन्न समुदायमा स्वाभिमान नरहेका कारण अस्तित्व नै संकटमा परेको उनले बताए । नेपालमा समेत स्वाभिमानको संकट देखिएको मुख्यमन्त्री चाम्लिङको भनाइ थियो ।

 

उनले भने, ‘त्यहाँ बौद्धिक, आर्थिक, संवैधानिक, मानवअधिकार र जन्मसिद्ध अधिकारको स्वतन्त्रतामा प्रश्न उठ्ने गरेको छ ।’

 

उनले नेपाल अझै उपभोक्ता राष्ट्रका रुपमा रहेको बताए । तर सिक्किम यी मानकहरुमा नेपालभन्दा धेरै अगाडि रहेको उनको भनाइ थियो ।

विशेष