भक्तपुरमा बिस्केट जात्राका लागि योसींख्यो र चुपिघाटमा सरसफाई
भक्तपुर । विस्केट जात्रा नजिकिएसंगै भक्तपुर नगरपालिकाको अगुवाइमा जात्रा स्थल योसींख्यो र चुपिघाटमा सरसफाई गरेको छ ।
चैत २७ गतेबाट सुरु हुने विस्कट जात्रामा मेला लागि भेलुखेल स्थित चुपीङघाटको नदी, तथा जात्रा स्थल सरसफाई गरेको हो । विस्केट जात्रा अन्तर्गत यस बर्षको अन्तिम दिन ३० गतेका दिन भक्तपुरको भेलुखेलमा जात्राको लिंगो उभ्याउने प्रचलन छ ।
त्यसको भोली पल्ट नयाँ वर्षको सुरुवात संगै सो क्षेत्रमा स्थानियहरुको मेला हुने गर्दछ । सफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मी गरि चार सय भन्दा बढीको सहभागीतामा नदी , मठमन्दिर, पाटीपौवा तथा जात्रा स्थल सफाई गरेको हो ।