विदेश मुख्य समाचार

किम जङ अनलाई भेट्न किन भए ट्रम्प उत्सुक

किम जङ अनलाई भेट्न किन भए ट्रम्प उत्सुक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अनलाई भेट्न आफू उत्सुक रहेको बताएका छन् । किमको चीन भ्रमण निकै राम्रो भएको ट्रम्पलाई जानकारी गराइएपछि उनको पछिल्लो यस्तो भनार्इ आएको हो । तर ट्रम्पले मेका लागि प्रस्तावित वार्ताअघि उत्तर कोरियाविरूद्धको अधिकतम नाकाबन्दी र दबाब भने जारी रहने बताएका छन् ।

 

उनले कोरियाली प्रायद्वीपमा निशस्त्रिकरण अहिले सम्भव रहेको समेत उल्लेख गरेका छन्।किमले सन् २०११ मा सत्ता सम्हालेयता पहिलो विदेश भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग गरेको भेटवार्तापछि ट्रम्पले ट्रम्प यसत धेरै उत्साहित हुदै टिप्पणी गरेका हुन् ।

 

बेइजिङमा उत्तर कोरियाली र चिनियाँ नेताबीचको वार्ताबारेका अड्कलबाजीपछिका प्रगतिका समाचारहरू आएपछि बुधवार ट्रम्पले त्यसको स्वागत गरेका हुन्।

 

अप्रत्यासित शिखर बैठकका लागि ट्रम्पले सहमति जनाएपछि धेरै विश्लेषकहरू आश्चर्यमा परेका छन्।उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन्।महिनौँदेखिको तनाव र शृङ्खलाबद्ध उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणपछि भेटवार्ताबारे घोषणा गरिएको थियो।

विशेष