News

राष्ट्रपतिलाई पुनः शपथ गराउनुपर्ने माग गर्दै रिट

राष्ट्रपतिलाई पुनः शपथ गराउनुपर्ने माग गर्दै रिट

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदन बुधबार दर्ता गरिएको छ।

 

अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो।

 

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ।

 

न्यायाधीश खतिवडाले इजलासले जारी गरेको आदेशमा भनिएको थियो, 'संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन।' रासस

विशेष