News विदेश मनोरञ्जन

६ वर्षपछि आफ्नो देश फर्किइन् मलाला युसुफजाई

६ वर्षपछि आफ्नो देश फर्किइन् मलाला युसुफजाई

काठमाडौं । महिला शिक्षा तथा बालअधिकारकर्मी मलाला युसुफजाई आफ्नो देश पाकिस्तान फर्किएकी छिन् ।

 

सन् २०१२ को अक्टोबरमा, महिला शिक्षाको वकालत गरेको भन्दै तालिबानले टाउकोमा गोली हानेपछि बेलायतमा बस्दै आएकी मलाला त्यसपछि पहिलोपटक पाकिस्तान पुगेकी हुन् ।

 

सुरक्षाको कारण भन्दै उहाँको भ्रमणको विस्तृत जानकारी खुलाइएको छैन । मलालाले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

 

मलालाले इस्लामावाद बेनजिर भूट्टो अन्तराष्ट्रिय विमानस्थलमा आफ्नो परिवारलाई भेटेको पाकिस्तानी टेलिभिजनले देखाएका छन् ।

 


११ वर्षको उमेरबाट बीबीसी उर्दुमा ब्लग लेख्न थालेकी २० वर्षीया मलालाले बालिका शिक्षामा पुर्याएको योगदानका लागि सन् २०१४ मा नोबेल पुरस्कार पाएकी थिइन् ।

विशेष