यूएस बंगला विमान दुर्घटनामा घाइते प्रिन्सी धामीको मृत्यु
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा यूएस बंगला विमान दुर्घटनामा परी घाइते भएकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको छ ।
उनलकाे भारतको नयाँदिल्लीमा उपचारका क्रममा बिहीबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हाे । ७१ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा अवतरणका क्रममा फागुन २८ गते दुर्घटना भएको थियो।
बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर फर्किने क्रममा उक्त विमान दुर्घटनामा उनीसहित २२ जना घाइते भएका थिए ।
विमानमा सवार अन्य ४९ जनाकाे साेहि दिन नै मृत्यु भएकाे थियाे । घाइतेकाे मृत्यु हुने क्रम जारी नै छ । घाइते २२ जना मध्य अघिलेसम्म धामीसहित ३ जनाकाे मृत्यु भइसकेकाे छ ।
अन्तिम संस्कारका लागि उनको शव नेपाल ल्याउने तयारी भइरहेको अाफन्त लक्षित केसीले जानकारी दिए।