वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउँछुः मन्त्री महासेठ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा उनले सो कुराको घोषणा गरेका हुन्। उनले भने, ‘निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि वैशाख महिनाभित्रै समाप्त पार्ने लक्ष्य छ।’
मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य–मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराए।