ग्यास लिक भई आगो लाग्दा लाखौको क्षति
रुपन्देही । बुटबलको होराईजन चोकस्थित शिव शंकर पथमा रहेको नन्दकुमारी पन्तको घरमा आगलागी भएको छ ।
साँझ ९ बजेतिर आगलागी भएको थियो आगो नियन्त्रणको लागि बुटबल उपमहानगरपालिको दमकल र भैरहवा दमकलको सहयोगले आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यलय बुटबलका सई खिम बहादुर खनालले बताए।
घरको तेस्रो तलामा आगो लागेको थियो । पन्तले उक्त घर भाडमा दिएका थिए। घरको तेस्रो तलामा माधव ढकालको गाडीका पसल रहेको थियो।
ढकालले संचालन गरेको सवारी साधन र घरमा प्रयोग हुने सिसा र प्लाष्टिकको गोदाममा ग्यास लिक भई सिलिन्डर पड्केर आगलागी हुदाँ करिब ७० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ।