एेतिहासिक दिनको बिदा कटाैती लोकतन्त्रविरोधी कदम: कांग्रेस सांसद बडू
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र दिवस र शहीद दिवसको दिनमा दिइने सार्वजनिक बिदा सरकारले कटौती गरेकोप्रति जनाएका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा सांसद बडूले प्रजातन्त्र र सहिद दिवसलार्इ सरकारले सार्वजनिक बिदा कटौतीमा पारेर लोकतन्त्रमाथि प्रहार गरेकाे अाराेप लगाएका हुन् ।
'सुन्नमा आए अनुसार सरकारले फागुन ७ र माग १६ को बिदा पनि कटौती गरेको छ । फागुन ७ प्रजातन्त्र दिवस हो। सबैभन्दा पहिले जनताले लोकतन्त्र पाएको दिन,' बडुले भने, ' त्यस्तै माघ १६ सहिद दिवस हो । यसरी बिदा कटौति गर्ने कदम लोकतन्त्रविरुद्ध छ ।'
उनले एेतिहासिक दिनको बिदा कतौति तत्काल फिर्ताको माग समेत गरेको छ । यसअघि सरकारले नयाँ बर्ष २०७५ को क्यालेण्डरमा सार्वजनिक विदा कटौती गर्ने निर्णय गरेको थियो । प्रतिनिधि सभामा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ।