कर्णाली प्रदेशसभा बैठक आज बस्दै
सुर्खेत । कर्णाली प्रदेशको प्रदेशसभा बैठक शुक्रबार बस्दैछ । एक महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, प्रदेश सरकारको आर्थिक कार्यविधिसम्बन्धी विधेयक २०७४ र संसद नियमावली मस्यौदा पेश हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिए।
बैठकमा सांसदहरुले आज पहिलो पटक विशेष समय लिएर बोल्ने पौडेलले बताए। विशेष समयमा सांसदहरुले समसामयिक विषयहरुमा सदन र सरकारको ध्यानाकर्षण गर्न सक्नेछन्।