News

वैशाख १ देखि भरतपुर विमानस्थलमा नयाँ सुरक्षा योजना लागू हुने

वैशाख १ देखि भरतपुर विमानस्थलमा नयाँ सुरक्षा योजना लागू हुने

चितवन । विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा भरतपुर विमानस्थलले रोक लगाउने भएको छ । विमानस्थलका प्रमुख पवनकुमार गौतमले आगामी वैशाख १ गतेबाट लागू हुनेगरी नयाँ सुरक्षा योजना ल्याइने बताए ।

 

राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद आउँदा असम्बन्धित व्यक्ति विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गरेकाले सुरक्षा चुनौती बढेको गौतमको भनाइ छ ।

 

भीभीआईपी र भीआईपी आउँदा उनीहरुको स्वागतमा विमानस्थल टर्मिनलभित्र लाग्ने भीड नियन्त्रण गर्न अब निश्चित संख्या तोकिने छ । कार्यालयले स्तनपान कक्ष र वृद्धवृद्धाका लागि विशेष कक्षको व्यवस्था गर्न लागेको छ ।

 

विमानस्थलमा जहाज अवतरण गर्ने हाकिमचोक क्षेत्र आसपासका अग्ला भवन र विमानस्थल सीमानजिक रहेको बिजुलीको तारले अप्ठ्यारो परिरहेको प्रमुख गौतमको भनाइ छ ।

 

यस विषयमा जानकारी गराउँदा पनि महानगर र विद्युत् प्राधिकरणले ध्यान नदिएको गुनासो उनको छ ।

विशेष