कर्णाली रारा पर्यटन वर्षको लोगो सार्वजनिक
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ को नारा र लोगो सार्वनिक गरेको छ।
शनिबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नारा र लोगो सार्वजनिक गरेका हुन् । पर्यटन वर्षको नारा ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ तय गरिएको छ।
सार्वजनिककरण कार्यक्रम मुख्यमन्त्री शाहीले तत्काल स्रोत तथा साधन नभएको अवस्थामा पर्यटनले नै प्रदेशको विकासको ढोका खाल्ने बताए। पर्यटन वर्षको उद्घाटन रारामा आगामी बैशाख १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले हुम्लाको उत्तरी नाका हिल्सा, कालिकोटको पचाल झरना र डोल्पाको से–फोक्सण्डो तालको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।